Saturday, March 7, 2026
Home > प्रबाशको कुरा > गिरि ब.बिकलाइ गल्कोट समाज जापानको आर्थिक सहयोग हस्तान्तरण(भिडियो सहित)

गिरि ब.बिकलाइ गल्कोट समाज जापानको आर्थिक सहयोग हस्तान्तरण(भिडियो सहित)

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

कतारमा सडक दुर्घटनाबाट घाइते बनेका गल्कोट ६ का गिरि ब. बिक बिगत ६ बर्ष देखि कोमामा उपचार गराईरहेका छन् । लामो समय कतारमा उपचार गराई सम्भब नभए पछि उनलाई कोमाकै अबस्थामा नेपाल कतारबाट फर्काइएको थियो । जिबन मरणको दोसाधमा रहेका बिक अहिले काठमान्डौ स्थित बि एण्ड बि अस्पतालमा उपचार गराई रहेका छन् । हाल पनि उनि कोमामा नै छन् ।

उपचार रत बिरामी बिकको उपचार सहयोगार्थ गल्कोट समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

उनको परिवारले उपचार महँगोको कारण आर्थिक समस्या भएको हुदा आर्थिक सहयोगको लागि आब्हान गरेको समाचार आए पछि जापानमा सहयोग अभियान उठाईएको थियो । गल्कोट समाज जापानका उपाध्यक्ष भवानी पन्त लगाएत सदस्य लोकेश खत्री र बिरामीका नजिकका व्यक्ति गल्कोट समाज जापान को सदस्य याम बिक को सक्रिय पहलमा सुरु गरिएको अभियानमा कुल ५२०४२१ एन सहयोग उठेको जानकारी गल्कोट समाज जापानका महासचिब सम्मर बस्नेतले सेतोपरेवालाइ गराउनु भयो  ।

यो अभियान संचालन संगै उत्साहित उपस्थिति सहित पिडा सहयोग गर्नु पर्छ भन्ने भाबका १५४ जनाको सहभागिता रहेको र प्रतिबद्ध रकम सबै उठेको गल्कोट समाज जापानका उपाध्यक्ष तथा यो अभियान पहलकर्ता भवानी पन्त ले बताउनु भयो ।

बिरामीलाइ बिर अस्पतामा नै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ, गल्कोट समाज जापानका अध्यक्ष नर ब. थापा सहित को टोलिले बिरामीको श्रीमती र छोराछोरि लाइ उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।


Comments

comments