Saturday, March 7, 2026
Home > प्रबाशको कुरा > जापानमा समुन्द्र पौडिन गएका नेपाली युवा बेपता

जापानमा समुन्द्र पौडिन गएका नेपाली युवा बेपता

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

तोचिगी केनको एक खोलामा पौडी खेल्न गएका एक २६ वर्षीय नेपाली हराईरहेको समाचार एनएचके अनलाईनले जनाएको छ । तोचिगी सिटीको एक खोलामा पौडी खेल्न गएका ५ जना मध्ये एक जना नेपाली हराएको जापानी प्रहरीलाई उद्घृत गर्दै एनएचकेले जनाएको छ ।

अन्य साथीहरू कहाँका हुन भन्ने भने उल्लेख गरिएको छैन । १२ तारिक साँढे ३ बजेतिर एक्कासी साथी हराएपछि अरू साथीहरूले प्रहरीमा खबर गरेका थिए । प्रहरीलाई खवर गर्नेहरूसँगको सोधपुछको आधारमा प्रहरीले खोजि गरिरहेको बताईएको छ । उक्त खोला तोचिगी प्रान्तको मध्यभागदेखि ५ किलोमिटर दक्षिणमा रहेको छ ।

उक्तदिन अन्य दिनभन्दा खोलामा पानीको वहाव वढी रहेको बताईएको छ । जापानमा गर्मीको सिजनमा खोलामा खेल्न जानेहरू उल्लेख्य मात्रामा रहन्छन् । हालैका दिनमा जापानवासी नेपालीहरूको पनि ग्रर्मीमा खोला तथा समुद्रमा खेल्न जाने संख्या बढदो छ ।(समुन्द्र पारि डटकम बाट )

Comments

comments