Saturday, March 7, 2026
Home > फिचर पोष्ट > बाढी पिडितको उद्द्वारको क्रममा धुर्मुस धरधरि रोएपछि

बाढी पिडितको उद्द्वारको क्रममा धुर्मुस धरधरि रोएपछि

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

बर्दिबास : हाँस्यकलाकार सिताराम कट्टेल (धर्मुस) एक आगलागी पीडितको पीडामाथि फेरी बाढीको पीडा थपिएको घटनाले विहिबार भकानिएका छन् ।

काठमाण्डौबाट मधेशका बाढी पीडितको राहत तथा उद्धारको लागि मधेस झरेका उनी सर्लाहीको लालबन्दीको माझी परिवारका एक महिलाको आगलागीमा परेर शरिर जलेको र उपचारको अभावमा जीवन मरणको दोसाँधमा रहदैं गर्दा बाढीबाट थप पीडामा परेपछि धुर्मुस भक्कानिदै ती महिलाको उपचारमा जुटेका छन् ।

६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई धुर्मुसले उद्धार गरेर अस्पताल पु¥याएका छन् । तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् ।

राहत सामाग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पीडितलाई राहात वितरण गरेका छन् ।माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडितहरु राहत लिनबाट बञ्चित भएको हुनसक्ने भन्दै बस्ती घुमेका धुर्मुसले रत्नेदेवीलाई भेटेका थिए ।

राहत सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको धुर्मुसले बताए । ‘आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ ,’धुर्मुसले भने ।

६ महिना अघि लुगाबाट सल्किएको आगोले रत्नेदेवीको पुरै शरिर डढेको थियो । चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पतालमा लगेको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् ।

Comments

comments