Thursday, May 22, 2025
Home > फिचर पोष्ट > नयाँ शक्तिमा पहिरो, बाबुरामका बिश्वासपात्र देवेन्द्र पौडेललगाएतका नेताद्वारा सम्बन्ध बिच्छेद

नयाँ शक्तिमा पहिरो, बाबुरामका बिश्वासपात्र देवेन्द्र पौडेललगाएतका नेताद्वारा सम्बन्ध बिच्छेद

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

 11,068 total views,  3 views today

नयाँ शक्ति पार्टी विभाजित भएको छ। बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्।

साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन्। पार्टी फुटेको हो भन्ने प्रश्नमा विश्लेषण गर्ने विकल्प खुल्ला रहेको बताए।

पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको हो। भट्टराईले नयाँ शक्तिमा पूर्व माओवादीहरुलाई वेवास्ता गरेको आरोप पौडल पक्षधरहरुले लगाउँदै आएका थिए। उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी सहितका अजेण्डा माओवादीसँग मिल्ने भएकाले ध्रुविकरण गर्नुपर्ने धारणा राख्दै आएका थिए।

नयाँ शक्तिको वैचारिक कार्यदिशाको अलमल र अस्पष्टता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन्

Comments

comments