Saturday, March 7, 2026
Home > गल्कोटको कुरा > केपी ओली, प्रचण्ड सहित चित्र ब. के सीले गल्कोटको बृहत सभालाइ सम्बोधन गर्ने

केपी ओली, प्रचण्ड सहित चित्र ब. के सीले गल्कोटको बृहत सभालाइ सम्बोधन गर्ने

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष बाग्लुंगको गल्कोट जाने भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ । 

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न आमसभाको आयोजना गरिएको हो । तीनै दल सम्मिलित चुनाव परिचालन जिल्ला संयोजन समितिको आयोजनामा हुने आमसभामा जनगायक जीवन शर्मा र विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुति रहने समितिका सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिए । आमसभाको प्रचारप्रसार र व्यवस्थापनको काम अघि बढेको उहाँको भनाइ छ । 

जिल्लाको मध्य क्षेत्र गलकोटमा हुने आमसभामा हजारौँको सहभागिता रहने जिल्लास्तरीय नेताहरुको दाबी छ । “आमसभालाई व्यवस्थित बनाउन तयारी अघि बढेको छ, प्रचारप्रसार गरिरहेका छौँ”, समितिका सदस्य गैरेले भने । 

नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको संयुक्त चुनावी प्रचार कार्यक्रमअन्तर्गत उहाँहरु बागलुङ आउन लागको हुन् । 

 जिल्लामा राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धन बनेकाले राजमोका अध्यक्ष केसी पनि आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो । 

प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसक्नुभएका ओली, दाहाल र केसी एकसाथ आमसभामा आउने खबरले नेता, कार्यकर्ता उत्साहित बनेका छन् । जिल्लामा तीनै दल गठबन्धन बनाएर आसन्न प्रतिनिधि र प्रदेशसभा चुनाव लड्दैछन् । 

प्रतिनिधि र प्रदेश गरी एक–एक क्षेत्र नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पाएका छन् भने राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ । 

 

Comments

comments