Saturday, March 7, 2026
Home > गितसंगीत/भिडियो > “प्रचण्ड जिताउ”चुनाबी गितको चर्चा चुलिदै गएपछि बिष्णु खत्रीको युट्युब च्यान गरियो ह्याक(भिडियो)

“प्रचण्ड जिताउ”चुनाबी गितको चर्चा चुलिदै गएपछि बिष्णु खत्रीको युट्युब च्यान गरियो ह्याक(भिडियो)

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

लोक तथा दोहोरी गायक बिष्णु खत्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेपछि ह्याकरहले उनको व्यक्तिगत यूट्यूव च्यानल ह्याक गरिदिएका छन् ।

वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्दै बजारमा ल्याइएको सो गीत यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको ३ दिन बित्न नपाउँदै च्यानल नै ह्याक भएको गायक खत्रीले खबरडबलीलाई जानकारी दिए । वाम गठबन्धको समर्थनमा गीत गाएको भएर उनको च्यानल गठबन्धनका बिरोधिहरुले गुगल मार्फत बन्द गरेको खत्रीले बताए । ‘यहाँ सिर्जना माथि नै प्रतिबन्ध लगाउने काम भयो’, गायक खत्रीले भने, ‘मेरो लोकप्रिय दोहोरी गीत समेत त्यही च्यानलबाट सार्वजनिक भएका छन्, यसरी त मलाई बर्बाद गर्ने काम भइरहेछ’ । उनले आफ्नो च्यानल पुनः सक्रिय गराउन प्रहरीको सहायता लिन लागिएको समेत बताए ।

खत्रीको गीतले वाम गठबन्धनप्रति जनलहर बढ्दै गएपछि बिरोधिहरुले कलाकारको सिर्जनामाथि अंकुस लगाउन खोज्नु निन्दनीय भएको वाईसीएल नेपाल सास्कृतिक बिभागका नविन खड्काले बताए । च्यानल पुनः सक्रिय गराउन वाईसीएलले गायक खत्रीलाइृ सहयोग गर्ने उनले बताए ।

लोक गायक खत्रीका सथौँ गीत बजारमा चर्चित बनेका छन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशनमा अध्यक्षका प्रत्यासि थिए ।

Comments

comments