![]()
बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले गल्कोट क्षेत्रमा आखा अस्पताल भबन निर्माण गर्ने उदेस्य तथा शैक्षिक जागरण अभियान सम्पन्न गर्ने उदेश्य साथ सांगीतिक धमाका २०१९ नामक ४ दिने कार्यक्रमको तैयारी पुरा भएकाे अायाेजक ले जनाएकाे छ ।
आयोजकका अनुसार यो बर्ष गल्कोट क्षेत्रमा आखा उपचार केन्द्र को लागि भवन निर्माण गर्ने संगै गल्कोट क्षेत्रमा शैक्षिक उन्नतिको लागि जागरण अभियान चलाउने महत्वाकांक्षी लक्षका साथ अहिलेको कार्यक्रम गर्न लागिएको हो ।
समाजले यो पटक सांगीतिक धमाका को लागि नेपाल बाट ख्यातिप्राप्त ४ जना कलाकार समेत निमन्त्रणा गरेको। जसमा ख्यातिप्राप्त कलाकारहरु बिष्णु खत्री, प्रमोद खरेल, जितु नेपाल र जुना श्रीष रहेको महासचिब कृष्ण के सी ले बताए । के सीका अनुसार डिसेम्बर ३० को सिजुओकाबाट सुरुभएको कार्यक्रम जनवरी २ को टोक्यो मा समापन हुने छ।
यस कार्यक्रमलाइ मध्य नजर गर्दै व्यक्तिगत भ्रमण संगै कार्यक्रममा समेत सहभागी सबै संग भेटघाट हुने उदेश्यका साथ गल्कोट क्षेत्रबाट जनप्रतिनिधिहरु को समेत उपस्थित हुने आयोजक ले जानकारी दिएको छ। जसमा गल्कोट नगरपालिका का मेअर भरत शर्मा गैरे तारा गाउपालिका का अध्यक्ष प्रकाश घर्ति मगर , गल्कोट न पा वार्ड न. ६ का अध्यक्ष नर ब खत्री र वार्ड न ७ का अध्यक्ष टिका ब थापा समेत जापान आउने बताइएको छ।
गल्कोट समाज जापानले यो भन्दा अधिल्लो पटक भुकम्प प्रभावित क्षेत्रमा बिध्यालय भवन निर्माण गरिसकेकाे छ भने गल्काेट क्षेत्रमा स्वास्थ क्षेत्र संगै शिक्षा क्षेत्रमा समेत बिगतमा कार्य गरिसकेकाे छ ।
याे कार्यक्रमले गल्काेट क्षेत्रका जनतालाइ प्रत्यक्ष महशुस हुनेगरि प्रभाव पर्ने र समृद्ध गल्काेटकाे लागि प्रबासमा रहेका गल्काेटेहरूलाइ कहिन कतैबाट अाफुले सकेकाे अाफ्नाे जन्मभुमिमा काम गर्न सबै लाइ अाग्रह समेत गल्काेट समाज जापानले गरेकाे छ।


