Sunday, May 5, 2024
Home > समाजका कुरा > मोनानाइट भोलि , शिब परियार लगायतका कलाकार आइपुगे, नागोया मे १ मा

मोनानाइट भोलि , शिब परियार लगायतका कलाकार आइपुगे, नागोया मे १ मा

सामाजिक संजालमा सेअर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  

 4,854 total views,  3 views today

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको ‘मोना नाइट’का लागि चर्चित कलाकारहरु शिव परिवार, ज्योती मगर र गगन पुन जापान पुगेका छन् ।

मोना जापानले भोलि सोमबार टोकियोमा आयोजना गरेको बृहत साँगीतिक कार्यक्रम ‘मोना नाइट’मा सहभागि हुन कलाकारहरु जापान आएका हुन् । मोना जापानले असहाय, विपन्न तथा जेहेन्दार बालबालिकाको लागि शिक्षामा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

नेपालबाट आमन्त्रित चर्चाको शिखरमा रहेका कलाकारहरुको प्रमुख आकर्षण रहने सो कार्यक्रममा जापानमै रहेका श्याम शितल, खड्क पुन लगायतका कलाकारहरुको पनि सहभागिता रहने आयोजक संस्था मोना जापानले जनाएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रम टोकियो नाकानो स्थित नाकानो जिरो हलमा अपरान्ह साढे चार बजेदेखि हुने मोना जापानका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।लोकगीत र लोकसँस्कृतिको उदगम स्थलकोरुपमा चिनिने म्याग्दी जिल्लाका साँस्कृतिक धरोहर तथा साँस्कृतिक पहिचानलाई समेत उजागर गरिने उद्देश्य रहेको कार्यक्रममा स्थानीय कलाकर्मीहरुको साथमा देउराली पञ्चे बाजा समुहको पञ्चे बाजा, म्याग्दीमा प्रचलित परम्परागत लोकसँस्कृति झल्किने थालीनाच, झ्याउरे नाच लगायतका प्रस्तुतीहरु पनि रहने बताईएको छ । कार्यक्रममा डिजे जोन छन्त्यालको साउण्ड व्यवस्थापन रहने बताईएको छ ।

कार्यक्रममा उत्साहजनक उपस्थित भई शोभा बढाईदिन मोना नाइट कार्यक्रमका संयोजक ददिवल खड्काले जापानबासी समस्त म्याग्देलीहरु एवं नेपालीहरुमा अपिल गरेका छन् । सोही कार्यक्रम मे १ तारिखका दिन मोनाको नागोया क्षेत्रीय कमिटीको आयोजनामा नागोयामा पनि हुने मोना जापानका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।

मोना नाइट कार्यक्रम जापानबासी म्याग्देलीहरुको प्रतिष्ठासंग जोडिएको बिषय भएकोले आयोजित कार्यक्रमहरु सफल पार्न समस्त म्याग्देलीहरुले मन, वचन र कर्मले सहयोग गर्न आह्वान गरेका छन् ।

Comments

comments