Saturday, March 7, 2026
Home > प्रबाशको कुरा > जापानको गुन्मा केनमा एक नेपाली युवाको मृत्यु !

जापानको गुन्मा केनमा एक नेपाली युवाको मृत्यु !

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

जापानको गुन्माकेन मा एक नेपाली युवाको मृत्यु भएको छ । बिगत ५ बर्ष पहिले जापान आएका सिन्घुपाल्चोक सुनकोशी गाउपालिका वार्ड न. ६ स्थाईघर भै हाल जापानको गुन्माकेनमा काम गर्दै आएका करिब बर्ष २५ का सुरज थापाको मृत्यु भएको हो ।

७ बर्ष पहिले बिधार्थीमा आएका थापा जापानमा सेन्मोन गाक्को सकेर अहिले वर्किन्ग भिषामा काम गरिरहेको बुझिएको छ । गुन्मा केनबाट रामकृष्ण भण्डारीले जानकारी दिए अनुसार हिजो बेलुका कामबाट फर्की राम्रै संग सुतेको आज बिहान काममा किन आएन भनेर भनेर कम्पनिबाट बुझ्न खोज्दा फोन नउठेपछि उनको साथीलाइ सम्पर्क गरि रुममा गएर हेर्दा मृतक अबस्थामा भेटिएको बुझिएको छ ।

भण्डारीका अनुसार सेन्मोन गाक्को सकेर भर्खर उनि वोर्किंग भिषा परिबर्तन गरि काममा लागेका थिए ।

Comments

comments