Tuesday, April 30, 2024
Home > गल्कोटको कुरा > हटियामा एक घरमा आगोलागी २ घरमा क्षति

हटियामा एक घरमा आगोलागी २ घरमा क्षति

सामाजिक संजालमा सेअर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  

 9,106 total views,  3 views today

गलकोट नगरपालिका बाड नम्बर ३ हटिया बिचबजारको एक घरमा आगलागि भएको छ । आज साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टामा नियन्त्रममा आएको छ । गलकोट नगरपालिका ६ हरिचौर चरौदीका हेम बहादुर खत्रीको हटियामा भएको घरमा आगालागि भएको हो ।

मानबिय क्षति नभएपनि आगालागी बाट उत्त घर जलेर पुर्ण रुपमा नष्ट भएको छ भने उत्त घर संगैं जोडिएको तुलसि साहानीको घरको छानो समेत भत्कीएको गलकोट नगरपालिका बाड नम्बर ३ का बाड अध्यक्ष बिरजंग भण्डारीले जनाकारि दिनुभयो । आगो लागेको घरको गाह्रो भत्कीएर उत्तसगैंजोडिएको घरको छानो सहित एक तलामा क्षति पुगेको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन् ।
३ तला रहेको उत्त घरको पहिलो तलमा होटल र दो।श्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए । आगोमा २ सिलिन्डर पड्कीएका थिए । आगो नियन्त्रणमा जनप्रतिनिधी, स्थानिय प्रहरी, लगाएतको सहभागिता रहेको थियो । आगो नियन्त्रण हुने क्रममा उत्त घरको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले स्थलगन अबलोकन समेत गनुृभएको छ । क्षतिको थप बिबरण आउन बाकिँ छ ।

Comments

comments