Saturday, March 7, 2026
Home > समाजका कुरा > मुख्य समाचार > ‘छोराछोरी सामुदायिक स्कूलमा नपढाउने शिक्षक/कर्मचारीलाई कार्वाही हुन्छ’

‘छोराछोरी सामुदायिक स्कूलमा नपढाउने शिक्षक/कर्मचारीलाई कार्वाही हुन्छ’

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

काठमाडौं, ९ वैशाख। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफना सन्तान सामुदायिक विद्यालयमा नै भर्ना गर्नुपर्ने बताएका छन्।

बनेपा नगरपालिका वडा नम्वर १० स्थित जनागालमा रहेको जनज्योती माविमा निर्माण सम्पन्न भएका दुईवटा पक्की भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यदि शिक्षकहरुले त्यसो नगरे कडा कारवाही हुने चेतावनी दिए। उनले शिक्षकहरुलाई चालु शैक्षिक सत्र बाटै आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न अनुरोध गरे।

मन्त्री बास्काटाले भने “सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु, नत्र कारवाही हुन्छ । सरकारले शिक्षामा उथलपुथल हुने गरी गुणस्तरीय र ब्यवहारिक शिक्षाका लागि कानून बनाइसकेको छ।’

राज्यले गरेको शिक्षाको लगानी सबैभन्दा धेरै शिक्षकमा भएकाले शिक्षकहरु जिम्मेवार बनी गुणस्तरीय शिक्षा प्रदान गर्न उनले आग्रह गरे। उनले शिक्षालाई ब्यापार र ठगी खाने भाँडो बनाउन नहुने भन्दै उनले भने “राज्यले शिक्षालाई निशुल्क गरेकाले सबै अभिभावकहरुले सामुदायिक विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा प्राप्त गर्नु पर्छ ।”

दुई वर्गका व्यक्ति जन्माउने खालको शिक्षा नेपालमा टिक्नु हुँदैन र टिक्न नदिने मन्त्री बास्कोटाले बताए। नीजि क्षेत्रबाट सञ्चालन भएका विद्यालयमध्ये केहीले शिक्षामा ब्यापार गरिरहेको मन्त्री बास्कोटाको आरोप छ।

Comments

comments