Thursday, April 25, 2024
Home > फिचर पोष्ट > वाम गठबन्धनले यस्तो बनायो बागलुङको निर्वाचन परिचालन समिति

वाम गठबन्धनले यस्तो बनायो बागलुङको निर्वाचन परिचालन समिति

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

 5,787 total views,  3 views today

प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन मार्फत साझा उम्मेदवार तय गरि मनोनयन दर्ता गरेका तीन दलले जिल्ला निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको बैठकले ले जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र स्तरिय संयुक्त निर्वाचन समन्वय समिति गठन गरेको हो । निर्वाचनसँग सम्बन्धित कामको समन्वय, व्यवस्थापन र परिचालनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको नेताहरुले बताएका छन् । सवै समितिमा तीन वटै पार्टीका प्रतिनिधि सहभागी छन् ।

जिल्ला भरको निर्वाचन समन्वयका लागि ९ सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिमा एमालेबाट मनकुमारी केसी, गोविन्द नेपाली र मोहनलाल शर्मा, माओवादी केन्द्रबाट फमलाल निउरे, ज्ञामनाथ गैरे र कृष्ण केसी तथा राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र ढुङ्गाना, लक्ष्मी बाँस्कोटा र अमर थापा सदस्य रहेका छन् । जिल्ला स्तरिय समितिको संयोजक तोकिएको छैन । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचन परिचालनका लागि एमाले नेता रामजीप्रसाद शर्माको संयोजकत्वमा एमालेबाट श्रीप्रसाद शर्मा, जनक पौडेल, हिराबहादुर केसी र लालबहादुर थापा, माओवादी केन्द्रबाट कृष्ण थापा, कुमार विक्रम क्षेत्री, लालबहादुर परियार र प्रदीप थापा तथा जनमोर्चाबाट कृष्णप्रसाद शर्मा, तिलक थापा, डिलबहादुर श्रीस र थनेश्वर सुवेदी सदस्य रहेको समिति बनाईएको छ ।

प्रतिनिधि सभानिर्वाचन क्षेत्र नम्बर–२ मामाओवादी केन्द्रका नेता फमलाल निउरेको संयोजकत्वमा एमालेबाट प्रेम खरेल, विष्णु भूषाल, टंकप्रसाद पौडेल, देवकुमार नेपाली, सञ्जय श्रेष्ठ, र उदीम छन्त्याल, माओवादी केन्द्रबाट प्रकाश घर्ती, तिलक उप्रेती, राजिव घिमिरे, प्रेम घर्ती, तुल्सीराम आर्याल, र केसरी घर्ती तथा जनमोर्चाबाट वेदीलाल सापकोटा, भिमसेन वन, तीर्थसिंह थापा, खिम विक्रिम शाही र डोरबहादुर क्षत्री सदस्य रहेको समिति बनाईएको छ ।

प्रदेश सभा निर्वाचन परिचालनको लागि निर्वाचन क्षेत्र नम्बर–१ को क माएमालेका नरबहादुर थापाको संयोजकत्वमा एमाले कागिता शर्मा, ममता देवी शर्मा गणेश थापा, डील्लिराज गौतम, भरत पुरी, हुमाकुमारी जिसी, पुनमशर्मा, कल्पना शर्मा गंगा शर्मा, दीपक गौतम, अमर थापा, प्रेम लामिछाने, श्याम पुन, सम्पन्न श्रेष्ठ, टकबहादुर बोहरा, कोपिला खरेल सापकोटा, सुरेश विक, सुजाता घमाल नेपाली र नरी नेपाली सदस्य रहेको समिति बनेको छ ।

यो समितिमा माओवादी केन्द्रका लक्ष्मी खड्का, नन्दबहादुर विक, रतन श्रेष्ठ, रामबहादुर विक, कुशुम बुढा र यज्ञबल्लव शर्मा तथा जनमोर्चाबाट लक्ष्मण पुन, अर्जुन केसी, प्रेम गौतम, गंगा थापा, पूर्णबहादुर थापा र ओम पुन सदस्य छन् । निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा ख माराष्ट्रिय जनमोर्चाका नरबहादुर पुनको संयोजकत्वमा एमालेका लिला राना,भूपाल चालिसे, सावित्रा राना, धनबहादुर परियार, धनिश्वर पौडेल, होमनाथ सापकोटा, बद्रि ढुङ्गाना, राजु केसी, सुजन परियार, सन्दीप थापा र चक्र थापा सदस्य रहेको समिति गठन भएको छ ।

यो समितिमा माओवादी केन्द्रका मुकुन्द शर्मा चीनिमायाँ काला, टिका विक, झमन पाण्डे, शोभा शर्मा, सकस क्षत्री र रेशम क्षत्री तथा जनमोर्चाबाट डिलकुमारी श्रीस, ठाकुर शर्मा, वीरेन्द्र थापा, डीलबहादुर दर्जी, हिराबहादुर पुन, हिराबहादुर थापा, लोकनाथ शर्मा धनादेवी शर्मा र दिलकुमारी पुन सदस्य छन् । निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा क मामाओवादी केन्द्रका ज्ञामनाथ गैरेको संयोजकत्वमा एमालेका सुनिल शेरचन, शान्ति अधिकारी, डम्मर श्रीस, तीर्थमणी भूषाल, मेहरसिंह पाईजा, रत्ना भण्डारी, विना थापा, प्रेम गलामी, झविन्द्र बुढा, याम श्रीस जीवन कुँवर र दीनेश शर्मा सदस्य रहेको समिति बनेको छ ।

समितिमा माओवादी केन्द्रका भविकला रोका, नरेश केसी, गंगाभूजेल, चन्द्रदत्त रेग्मी, झनबहादुर बुढा, मिलन रेग्मी, गुमानसिंह बुढाथोकी, दिवशखत्री, हिमाल पुन र रेशम थापा तथा जनमोर्चाबाट डम्बर थापा, बोमबहादुर थापा, कृष्ण पुन, पदम श्रेष्ठ, भिम चोखाल, टेकबहादुर केसी, नेत्र बुढाथोकी, मेकबहादुर पाईजा र भिमलाल पोखरेल सदस्य छन् ।

निर्वाचन क्षेत्र नम्बर–२ को ख माराष्ट्रिय जनमोर्चाका धर्मबहादुर कुँवरको संयोजकत्वमा एमालेका लक्ष्मण पुन, रुद्र पौडेल, उदिम छन्त्याल, हरि घर्ती, केशरबहादुर छन्त्याल, ऋतुवर्ण पौडेल, करमतीपुन, लालबिर लोप्चन, ज्ञानप्रसाद कँडेल, चिन्तमाणी कँडेल र विरबहादुर विक सदस्य रहेको समिति गठन भएको छ ।

समितिमा माओवादी केन्द्रबाट कुविर विक, चन्द्र अर्याल, सुर्य सिरपाल, राजेन्द्र कुँवर, देवबहादुर घर्ती, शेरमान घर्ती, चित्र भण्डारी र लिंकन घर्ती तथा जनमोर्चाबाट मुक्तबहादुर सिंह, धनबहदुर खत्री, चन्द्रबहादुर घर्ती, जुनविक्रम शाही, थम्मन घर्ती, दुर्गादेवी घर्ती, दलबहादुर भण्डारी, विरबहादुर विक, तिलक पुन, दिपक थापा, युवराज महत र शिवलाल चालिसे सदस्य छन् ।

पाँचजना सदस्य रहेको कानुनी परामार्श समितिमा हरिप्रसाद शर्मा, राजु गौतम, केशवराज पराजुली, काजीगाउँले श्रेष्ठ र रमेश खड्का छन् ।
प्रचार प्रसारको संयोजनका लागि उमाकान्त शर्मा, रामथापा र ताराप्रसाद शर्मालाई राखिएको छ । बैठकको निर्णय सार्वजनिकगर्न वाम गठबन्धनले पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । सम्मेलनमा वाम गठबन्धनका सवै उम्मेदवार तथा तीनै पार्टीका नेताहरुको उपस्थिती थियो । कार्यक्रमको अध्यक्षता एमालेका वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, सञ्चालन माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी र प्रेश विज्ञाप्ती वाचन राजमोका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले गरेका थिए ।

उठेकाप्रश्नको जवाफ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर–२ का उम्मेदवार देवेन्द्र पौडेलले दिएका थिए । कार्यक्रममा नेताहरुले वामपन्थी गठबन्धनले अघि सारेका सवै उम्मेदवार विजयी हुने दवी गरे । उनीहरुले गठबन्धन भित्र रहेको असन्तुष्टि र बागी उम्मेदवारी फिर्ता हुने विश्वास दिलाए । असन्तुष्टीको सम्वोधन हुने उनीहरुले बताए ।

Comments

comments