Sunday, April 28, 2024
Home > प्रबाशको कुरा > विगत १ महिना देखि हराइरहेका गाैतम सम्पर्कमा

विगत १ महिना देखि हराइरहेका गाैतम सम्पर्कमा

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

 7,755 total views,  3 views today

गत एक महिनादेखि जापानमा हराईरहेका रुपन्देही सैनामैना -४ का वुद्धिसागर गौतम सम्पर्कमा आएका छन् । सैनामैना –४ घर भई चिवा केनको मिनामी ग्योतोकुमा बस्दै आएका गौतम गत अक्टोबरको ११ तारिखदेखि हराईरहेका थिए । उनी हिजो बुधबार सम्पर्कमा आएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन उनकी श्रीमती गंगा गौतमलेले दूतावास लगायत सबै संघसंस्थाहरुमा आग्रह गरेकी थिईन । करिब ८ वर्ष अगाडि जापान आएका वुद्धिसागर गौतम विगत ५ वर्ष देखि श्रीमती गंगासँगै जापानमा बस्दै आएका थिए । नेपालमा उनको आमा, १२ र ३ वर्षको दुई छोरा छन् । उनले आफ्नो फोन र पासपोर्ट पनि कोठामै छोडेर एकाएक सम्पर्कबिहिन भएका थिए ।

आफु टोकियो भन्दा धेरै टाढा सकुशल रहेको ब्यहोराको पत्र बुधबार प्राप्त भएको उनका भतिज रामजीप्रसाद गौतमले बताए । डिसेम्बर महिनाभित्र आफु टोकियो फर्कने पत्रमा जानकारी गराईएको उनले बताए । के कति कारणले आफु एकाएक सम्म्पर्कबिहिन भएको भन्ने बारे भने केही जानकारी नगराईएको बुझिएको छ ।

गौतमको खोजी कार्यमा सहयोग गर्ने जापानको टोकियोस्थित नेपाली दूतावास लगायत समबन्धित सबै संघसंस्थाहरुमा उनको परिवारले धन्यबाद ब्यक्त गरेको छ ।

Comments

comments