Sunday, May 12, 2024
Home > गल्कोटको कुरा > गल्कोटकी हुमाकलीलाई ब्लडक्यान्स, उपचारमा आर्थिक अभाव, सहयाेगकाेलागी अपिल

गल्कोटकी हुमाकलीलाई ब्लडक्यान्स, उपचारमा आर्थिक अभाव, सहयाेगकाेलागी अपिल

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 772
  •  
  •  
  •  
  •  
    772
    Shares

 10,769 total views,  3 views today

गलकोट नगरपालिका वाड नम्बर ६ कायसकी हुमाकलि बस्नेत ब्लडक्यासरका कारण पिडित बन्नुभएको छ । बस्नेतको दीनानाथ मेमोरियल अस्पताल महाराजगन्ज महाराष्ट्र पुना भारतमा उपचार भईरहेको छ ।

नर्मल रोगको लक्षण देखिय सँगै लामो समयको उपचार पछि रिपोर्टमा ब्यलडक्यान्सर देखिएपछि पिडित बस्नेतको उपचारका लागी हालसम्म लाखौ खर्च भईसकेको उहाँका नातेदार चित्र बहादुर बुढाथोकिले बताउनुभयो ।

बस्नेतको उपचारका लागी आवश्यक खर्च गलकोट नगरपालिका वाड नम्बर ६ बाट जापानमा बिभिन्न पेसा, ब्यवसाय, अध्ययनका शिलसिलामा पुगेकाहरुबाट संकलन भएको हिरा ब बस्नेतले बताउनुभयो ।

हालसम्म ८ लाख संकलन भएको र उहाँको उपचारका लागी करिब २० लाख खर्च लाग्ने अस्पतालले जनाएको बस्नेतका श्रीमान सुर्य बहादुर बस्नेतले बताउनुभयो ।

जापानमा मात्रै संकलन गरिएको रकमले उपचार खर्च नपुग्ने भन्दै परिवारले अन्य स्वदेश तथा बिदेशमा भएका गलकोटे लगायत अन्य ब्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।

यसैगरी जापानमा रहेका अाफन्तहरू तथा गाउलेहरूकाे पहलमा अार्थीक अभियान संकलन सुरूगरीएकाे बिरामीकाे अाफन्त हर्क बस्नेतले जानकारी गराउनु भयाे । साथै अत्यन्त महंगाे उपचार खर्च परिवारले थेग्नेअबस्था न्यून रहेकाे कारण  जापानबासी नेपालीमा सहयाेगकाे लागी अपिल समेत गर्नुभयाे ।

 

Comments

comments