Tuesday, April 23, 2024
Home > प्रबाशको कुरा > जापानमा समुन्द्र पौडिन गएका नेपाली युवा बेपता

जापानमा समुन्द्र पौडिन गएका नेपाली युवा बेपता

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 104
  • 54
  •  
  •  
  •  
    158
    Shares

 3,152 total views,  3 views today

तोचिगी केनको एक खोलामा पौडी खेल्न गएका एक २६ वर्षीय नेपाली हराईरहेको समाचार एनएचके अनलाईनले जनाएको छ । तोचिगी सिटीको एक खोलामा पौडी खेल्न गएका ५ जना मध्ये एक जना नेपाली हराएको जापानी प्रहरीलाई उद्घृत गर्दै एनएचकेले जनाएको छ ।

अन्य साथीहरू कहाँका हुन भन्ने भने उल्लेख गरिएको छैन । १२ तारिक साँढे ३ बजेतिर एक्कासी साथी हराएपछि अरू साथीहरूले प्रहरीमा खबर गरेका थिए । प्रहरीलाई खवर गर्नेहरूसँगको सोधपुछको आधारमा प्रहरीले खोजि गरिरहेको बताईएको छ । उक्त खोला तोचिगी प्रान्तको मध्यभागदेखि ५ किलोमिटर दक्षिणमा रहेको छ ।

उक्तदिन अन्य दिनभन्दा खोलामा पानीको वहाव वढी रहेको बताईएको छ । जापानमा गर्मीको सिजनमा खोलामा खेल्न जानेहरू उल्लेख्य मात्रामा रहन्छन् । हालैका दिनमा जापानवासी नेपालीहरूको पनि ग्रर्मीमा खोला तथा समुद्रमा खेल्न जाने संख्या बढदो छ ।(समुन्द्र पारि डटकम बाट )

Comments

comments