Friday, May 3, 2024
Home > गल्कोटको कुरा > गल्कोट बहुमुखी क्याम्पसको भविष्यको चिन्ता संगै आर्थिक अपारदर्शिता खड्किएको प्रश्न !

गल्कोट बहुमुखी क्याम्पसको भविष्यको चिन्ता संगै आर्थिक अपारदर्शिता खड्किएको प्रश्न !

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 246
  •  
  •  
  •  
  •  
    246
    Shares

 3,010 total views,  3 views today

गुमानसिँह भण्डारी/गल्कोट
गाउँका विद्यार्थीले गाउँमै पढ्न पाउन भनेर करिब ८/९ वर्षअघि गलकोट बहुमुखी क्याम्पसको नाममा त्रिभुवन विश्व बिद्यालयबाट अनुमति लिएर सञ्चालन गरिएको क्यापसमा छोरा छोरी पढाउने गल्कोटका स्थानीयले योजना बनाएका थिए। बागलुङ जिल्लाको गल्कोट नगरपालिका, ताराखोला गाउपालिकाका बिद्यार्थीहरुलाई काठमाडौ, पोखरा नपठाएर गाउमै पढाउने स्थानीयको धोको थियो। त्यो धोको पुरा गर्न गल्कोटका स्थानीयलाई हम्मेहम्मे भएको छ । विद्यार्थी संख्या र आर्थिक अभाबका कारण क्याम्पस संचालन गर्न समस्या परेको क्याम्पस व्यबस्थापन सञ्चालक समितिले बताएको छ ।

क्याम्पस सञ्चालन भएको लामो समय भए पनि क्यापसको भवन भएको जग्गा क्याम्पसको नाममा नहुनु, भएका भवन पनि केहि गल्कोट माद्यमिक बिद्यालयको हुनु, भएको खेलमैदान आधा भाग गल्कोट माबिको हुनु, बिद्यार्थीका संख्या न्युन हुनु, आर्थिक अवस्था ज्यादै कमजोर हुनु मुख्य समस्या हो ।

क्यापस स्थापनाका लागी भनेर चलाईएको धनन्याञ्चलको आर्थिक कारोबार पारदर्शी नहुन, बोलेको रकम नउठ्नु क्यापस सञ्चालनको प्रमुख समस्या हो ।

धानन्याञ्चलमा संकलन गरिएको रकमको बिषयमा जिम्मेबार ब्यक्तिले जानकारी स्पष्ट पारियो भनेर बोल्दै गर्दा यहाँ हजारौ गल्कोटेहरु उक्त आम्दानी खर्चमा सन्तुष्ट छैनन । काम गर्न सजिलो छैन गाह्रो छ तर गरिसकेको कामको पादर्शिता हुनु जरुरी छ, छोराछोरी जन्माउने ठुलो कुरा होईन उनिहरुलाई पालन पोषण गर्नु मुख्य कुरा हो ।

स्थापना कालदेखि हालसम्म क्याम्पस सञ्चालनका लागी बिभिन्न समिति गठन गरिए, क्याम्पस प्रमुखहरु फेरिए, स्ववियुका सभापतिहरु फेरिए तर पनि गल्कोट बहुमुखी क्याम्पसको मुहार फेरिएन, क्यापस ब्यवस्थापनका लागी यतिबेला धेरै चुनौति देखा परेका छन । गलकोट माद्यमिक बिद्यालय नमुना माद्यमिक बिद्यालय हुदै गर्दा गलकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा भवन बन्दै छ, केहि बर्ष भित्रै नमुना बिद्यालय बनाउदा आवश्यक हुने संरचना गल्कोट सोहि प्राङगणमा निर्माण गरिनेछ, क्याम्पस सञ्चालन भईरहेको भवनहरु मध्ये केहि गल्कोट माबिले हाम्रो हो भन्दै गर्दा समस्या झन बलझिएको छ । क्याम्पस अन्यत्र सार्न क्यापसको आर्थिक अवस्था शुन्य, हाल सञ्चालन भईरहेको ठाउमा माबिका संरचना निर्माण हुनु समस्या बनेको छ ।

स्थानीय राजनीतिक दल र शिक्षाप्रेमीहरुको सक्रियतामा केहि वर्षअघि क्याम्पस संचालन गर्न त्रिभुवन बिश्वबिद्यालयले अनुमति दिएको थियो। स्थानीय स्तरबाट गरिएको स्वेच्छिक चन्दामा क्याम्पस संचालन भईरहेको छ । अन्त्यमाल्ेट बहुमुखी क्याम्पस ब्यवस्थापन समितिले क्याम्पस सञ्चालनका लागी स्थापना कालदेखि हालसम्म गरेका आर्थिक, भौतिक, नैतिक पक्षको उच्च मुल्या्ङकन गर्दै जेठ महिनाभित्र सबै सरोकारबालाको भेला बनाई स्थापना देखि हालसम्मको सबै पक्षको बारेमा स्पष्ट जानकारी गराउने निर्णय गरेको छ ।

सोहि अनुसार आगामि दिनमा क्याम्पसलाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा कार्यायोजना बन्नेछ । त्यस्तै गल्कोट नगरपालिका हुदै गर्दा गल्कोट नगरपालिकाले आर्थिक सहयोग मात्रै होईन क्याम्पसका हरेक गतिबिधिमा अनुगमन, मुल्याकन गर्नेछ भन्ने बिश्वास छ । हामीले पुराना कुरालाई पारदर्शी बनाएर अगाडि जान सक्यौ भने अवश्य पनि गल्कोट बहुमुखी क्यापसलाई अगाडि लैजानका लागी सम्पुर्ण गल्कोटेहरुले सक्दो सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

लेखक:गुमानसिंह भण्डारी / स्ववियू सभापती गल्कोट बहुमुखी क्याम्पस

माथि उल्लेख बिषय मेरो ब्यक्तिगत बिचार भन्दा पनि सम्पुर्ण गल्कोटेहरुको आवाज हो, हामी, भएका समस्यालाई लामो समय सम्म पनि आपसी छलफल समन्वयबाट पुरा गर्न सक्दैनौ भने भित्र भित्रै कुईन दिनु हुन्न, सम्पुर्णलाई स्पष्ट रुपमा जानकारी गराउनुपर्छ, काम गनुपर्छ सकरात्मक तरिकाले काम गरियो भने सबैको साथ सहयोग पाउन समस्या हुदैन । हामी जस्तो केहि जान्न खोज्ने, केहि गर्न खोज्ने ब्यक्तिहरु अरुको पछि पछि लाग्दै ताली बजाउन भन्दा पनि नराम्रो कामको खबरदारी र सकरात्मक कामको प्रचार प्रसार सँगै प्रोत्साहन गर्नुपर्छ तब मात्रै बन्छ समाज र राष्ट्र । आजसम्म धेरैका लेख, बिचार, भाषण सुनियो, केहिले काम गरेर आफनो प्रचार प्रसार गरेका छन, केहिले भित्र भित्रै भष्ट्राचार गर्ने र बाहिर आदर्शका भाषण गर्दै हिड्ने गरेका छन् । यो गल्कोटको मात्रै समस्या त होईन तर पनि हामी जहाँ छौ त्यहिबाट सुरुवात गनुपर्छ भन्ने मान्यताले काम गरौँ गल्कोट बहुमुखी क्याम्पसको उज्ज्वल भविष्यका लागि चिन्ता गरौँ । धन्यबाद

२०७५ जेठ ४
गल्कोट हटिया,

Comments

comments