Tuesday, May 14, 2024
Home > समाजका कुरा > नेकपाको बडिगाउ नगर समिति सर्बसम्मत, अध्यक्षमा घिमिरे

नेकपाको बडिगाउ नगर समिति सर्बसम्मत, अध्यक्षमा घिमिरे

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

 4,469 total views,  3 views today

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड गाउँपालिकाको विस्तारीत वैठक खर्वाङमा सम्पन्न भएको छ। बैठकले गुणानिधि घिमिरे अध्यक्ष तथा बसन्त थापा सचिव रहेको ७५ सदस्यिय गाउँकमिटि सर्वसम्मत टुंगो लगाएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टि एकता पछि पहिलो पटक बडिगाड गाउँपालिका स्तरीय कमिटिको सिफारिस गरिएको हो।
सिफारीस गरिएको कमिटिलाई प्रदेश कमिटिले अनुमोदन गर्नुपर्दछ। सो विस्तारित वैठकमा प्रदेश कमिटि सदस्यहरु फमलाल न्यूरे, मोहनलाल रेग्मी, प्रेम खरेल, सुनिल शेरचन, राजिव घिमिरे, जिल्ला संयन्त्र सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएतको सहभागिता रहेको थियो।
बैठक नेकपाका बडिगाड संयन्त्रका तिर्थमणि भुसालको अध्यक्षता, संयन्त्र सदस्य विना थापाको स्वागत मन्तव्य तथा संयन्त्र सदस्य नर वहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो। जिल्ला कमिटिको निर्देशन अनुसार अध्यक्षमा तत्कालीन नेकपा एमालेको तर्फवाट तथा सचिवमा तत्कालिन नेकपा माओवादी केन्द्रवाट सिफारिस गरिएको हो।

Comments

comments