Sunday, April 28, 2024
Home > जापानका कुरा > टोकियोमा हुने भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

टोकियोमा हुने भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 113
  •  
  •  
  •  
  •  
    113
    Shares

 8,233 total views,  12 views today

नेपाली नया बर्ष २०७६ तथा कल्वको ५औ बार्षिकोत्सवको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लव टोकियो ले अप्रिल १७ तारिक बुधबारका दिन साईतामामा रहेको टोडा स्पोर्ट्स सेन्टरमा आयोजना गरेको पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

यस प्रतियोगितामा आधिकारिक रुपमा दश टीमको सहभागिता रहेको छ।जसमा गल्कोट स्पोर्ट्स क्लव टोकियो,गल्कोट समाज जापान केन्द्रिय समिती ,गल्कोट समाज क्षेत्रीय समिति नागोया,गल्कोट समाज क्षेत्रीय समिति टोकियो,मोना जापान,घुम्टे युवा परिवार जापान,सनसाईन युथ क्लव जापान,ग्रुप अफ जापान,युनाइटेड युथ फेमिली जापान र बोहोराफाँट समाज जापान रहेका छन् ।

यस प्रतियोगिताको मुख्य प्रायोजक गल्कोट समाज जापान रहेको छ।भने बिशेष सहयोगीका रुपमा सुमेघ टुर्स एण्ड ट्राभल्स तथा आर.आर टुर्स एण्ड ट्राभल्स रहेको छ।साथै सिल्भर कप प्रायोजक दिपीका ईण्टरनेशनल जापान रहेको छ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाउदै क्लवका महासचिव लक्ष्मण कार्कीले खेल बिहान ठिक ९:३० बजेबाट संचालन हुने हुदा सहभागि सबै टीमलाई ९ बजे हलमा उपस्थित भईदिन अनुरोध समेत गरेका छन्।बिभिन्न संघसंस्थामा सहभागिताका लागि पत्राचार गर्दा पनि स्पोर्ट्स सुज बिना प्रवेश रोक लगाएको जानकारी गराई सकिएको छ।साथै खेलाडी तथा दर्शक शुभचिन्तकहरुले पनि स्पोर्ट्स सुज प्रयोग गर्नका लागि आयोजकले अनुरोध सहित पुन स्मरण गराएको छ।

यस प्रतियोगिताबाट भएको आम्दानी बाट धुर्मुस सुन्तली फ़ाउण्डेशनको निर्माणाधीन अन्तराष्ट्रीय क्रिकेट रंगशालाका लागि सहयोग गर्ने पनि कार्यक्रम संयोजक रत्न सिंह बस्नेत ले जानकारी गराउनु भयो।

Comments

comments