Tuesday, May 7, 2024
Home > गितसंगीत/भिडियो > प्रकाश सपुतको ब्याटल धमाका, ब्याटल 2 सार्बजनिक

प्रकाश सपुतको ब्याटल धमाका, ब्याटल 2 सार्बजनिक

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 284
  •  
  •  
  •  
  •  
    284
    Shares

 3,153 total views,  3 views today

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक, संगीतकार, निर्देशक तथा शब्द संकलक प्रकाश सपुत अर्कोको ब्याटल धमाका “दोहोरी ब्याटल २” बजारमा आएको छ । यसलाई दोहोरि ब्याटल १ को भन्दा बढी मेहनत अनि अझ राम्रो बनाएको गायक प्रकाश सपुतले बताएका छन् ।

बोलमाया, दोहोरी ब्याटल लगायत बिभिन्न गीतहरुबाट श्रोता दर्शकहरुको मनमा बस्न सफल प्रकाशले “दोहोरी ब्याटल २” ले फेरी संगीतको माहोल तताएको छ । प्रकाश सपुतको शब्द संगीत रहेको उक्त गीतमा प्रकाश सपुतकै आवाज रहेको छ भने गायिका प्रीती आलेको दम्दार आवाजले सजिएको छ । धेरै श्रोता दर्शकको बेग्र प्रतिक्षाको दोहोरी ब्याटल २ ले निक्कै राम्रो सन्देश दिएको छ ।
पहिलो दोहोरी ब्याटल केही बिवादित भएपनि निक्कै चलेको र सबैले रुचाईएको थियो । दोहोरी ब्याटल २ का शब्दहरु अलि दुई अर्थ लाग्ने खालको भएपनि दिन खोजेको सन्देश भने राम्रो छ । बढ्दो सम्बन्ध बिच्छेदको घट्नालाई गीतमा उतारेर समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध घमण्ड, गलत बुझाई, अबिश्वास र देखासेखीले गर्दा टुट्ने गरेको कुरालाई उठानगरि सम्बन्धलाई बलिलो र दिगो बनाउन घमण्ड नगरी एकले अर्कोलाई बिश्वास तथा बुझेर गल्तहिरुलाई सुधारेर सम्बन्धलाई बलियो बनाउनस पर्छ भन्ने कुरालाई जोड दिईएको छ ।
प्रकाश आफैले निर्देशन गरेको उक्त गीतको भिडियो प्रकाशले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन ।

 

Comments

comments