Saturday, May 4, 2024
Home > फिचर पोष्ट > आफ्नै कलेजो दिँदै बाबुलाई बचाइन् छोरीले

आफ्नै कलेजो दिँदै बाबुलाई बचाइन् छोरीले

सामाजिक संजालमा सेअर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  

 5,484 total views,  3 views today

बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले शाब्दिक रुपमै चरितार्थ पारेकी छन् ।

हिजो मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा हुन् भन्ने भनाइलाई चरितार्थ पारेकी हुन् ।

“मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो,” कलेजो प्रत्यारोपणपछि हीराकाजीले भने, “तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन् । त्यसैले मैले नयाँ जीवन पाएँ, अहिले निकै खुसी भएर घर फर्कंदैछु ।”

विसं २०७२ वैशाखको महाभूकम्पले घर चर्कायो, त्रास बढायो । त्यसपछि मदिरा पिउने बानी लागेकै कारण कलेजो खराब भएको बताउँदै उनी भन्छन्, “भूकम्पको डरले पिउने बानी लगायो । त्यसैले कलेजो सिध्यायो । अब कसैलाई रक्सी नखाने सल्लाह दिन्छु म ।”

डेढ वर्षअघि हीराकाजीलाई कलेजोसम्बन्धी रोग लागेको छ भनेर परिवारले थाहा पाएपछि उनको उपचार मनमोहन हृदयरोग केन्द्र, महाराजगञ्जमा भइरहेको थियो । त्यहाँका चिकित्सकहरुले कलेजो प्रत्यारोपणका लागि भारतमा जान सल्लाह दिए । तर भारतमा रु. १ करोड ५० लाख लाग्ने बताएपछि मध्यमवर्गीय यो परिवारका लागि यति रकम जुटाउन सक्ने आँट नै भएन ।

त्यसैले परिवारले आशा मारिसकेको थियो । उपचारमा भौँतारिने क्रममा निदान अस्पताल, ललितपुर पुगियो । त्यहाँ हीराकाजीको परिवारको भेट कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्य र डा. पुकारचन्द्र श्रेष्ठसँग भयो । त्यसपछि सुरु भयो मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा दोस्रो कलेजो प्रत्यारोपण, जसका कारण महर्जनले नयाँ जीवन पाए ।

“बुबालाई बचाउने ठूलो इच्छा थियो,” छोरी सरिताले भनिन्, “भारतमा साढे एक करोड रुपैयाँ लाग्ने भनिएपछि आशा मारेपनि यहाँ करिब २० लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने कुरा भएपछि बुबालाई बचाउन मैले आफैँ कलेजो दिने निर्णय गरेँ ।”

महर्जनको परिवारमा छोरा छैनन्; चारवटी छोरीमध्ये दुईवटीको विवाह भइसक्यो । हीराकाजीले चलाउँदै आएको नेवारी खाजा घर पनि बिरामी परेपछि बन्द भयो । छोरीले चलाउँदै आएको बुटिक पनि महिनौ्देवखि बन्द छ, घरमा कमाउने कोही छैन । छोरी सरितालाई चिन्ता छ त अब आमाको ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि विगत दुई वर्षदेखि हीराकाजीकी श्रीमती ५२ वर्षीया मञ्जुको मिर्गौलाको डायलाइसिस हुँदै आएको छ । अब उनको मिर्गौला प्रत्यारोपण गर्ने अर्को समस्या छोरीको सामू छ ।

“बुबालाई त बचायौँ, अब आमाको चिन्ता छ,” छोरी सरिता भन्छिन्, “आमाका लागि मिर्गौलाको खोजी गर्दैछौँ । घरमा कमाउने कोही नहुँदा आर्थिक समस्या चुलिएको छ । बुबालाई नियमित औषधि खुवाउन र आमाको मिर्गौला प्रत्यारोपण कसरी गर्नु भन्ने चिन्ताले सताइरहन्छ ।”

कलेजो प्रत्यारोपणमा संलग्न डा. दीपेश गुरुवाचार्य सरिताको मानसिक शक्ति र परिवार प्रतिको मायाका कारण हीराकाजीले दोस्रो जीवन पाएको बताउँछन् ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेपाल मै पहिलो पटक गत मङ्सिर २२ गते शुरु भएको कलेजो प्रत्यारोपण अहिले दोस्रो पटक सफल भएको बताउँछन् । कलेजो प्रत्यारोपणका लागि विदेशमा १ करोडदेखि १ करोड ५० लाख रुपैयाँसम्म लाग्ने भए पनि नेपालमा भने केन्द्रले २० लाख देखि २५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सफल भएको उनी बताउँछन् ।

“विश्वमै जटिल मानिने कलेजो प्रत्यारोपण केन्द्रले सफलतापूर्वक दोस्रोपटक सम्पन्न गरेको छ,” डा. श्रेष्ठ भन्छन्, “अब केन्द्रले प्रत्येक महिना कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि तत्काल दुईजना बिरामी तयारी अवस्थामा छन् ।”

भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएको चिकित्सकको टोली र नेपालका डा. पुकारचन्द्र श्रेष्ठ, डा. छेतेन शेर्पा, डा मोहनदेव भण्डारी, डा. प्रवीण जोशी, डा. दीपेश गुरुवाचार्य, डा. सम्पूर्णमान तुलाधर, डा. सुवास आचार्य, डा. आरती राई लगायतको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि, गत मङ्सिर २२ गते दक्षिण कोरियाको सिउलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोली र नेपालको चिकित्सक टोलीले भक्तपुरको सूर्यविनायकका ३६ वर्षीय बलराम नागाको नेपालमै पहिलोपटक सफलरुपमा कलेजो प्रत्यारोपण गरेको थियो ।

कार्यक्रममा सांसदद्वय प्रेम सुवाल, रामेश्वर ढुङ्गेल तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले पुर्याएको सेवाको प्रशंसा गर्दै यसको विकास र विस्तारका लागि आवश्यक पहल गर्ने बताए ।

ईमुल्याङ्कनबाट

Comments

comments

138 thoughts on “आफ्नै कलेजो दिँदै बाबुलाई बचाइन् छोरीले

  1. Simply desire to say your article is as amazing. The clearness to
    your submit is just excellent and that i could suppose you are a professional
    in this subject. Well with your permission let me to snatch your feed to keep updated with drawing close post.
    Thanks one million and please continue the rewarding work.

  2. Thanks for some other informative site. The place else may just I am getting that kind of info written in such a perfect approach?
    I’ve a challenge that I’m simply now working on, and I have been at the look out for such
    information.

  3. Dear egalkot.com administrator, You always provide in-depth analysis and understanding.

  4. Thank you, I have just been searching for information approximately this subject for a while and yours is the greatest I’ve came upon so far.
    However, what concerning the conclusion? Are you positive concerning the supply?

  5. I am extremely impressed with your writing skills and also with the layout on your blog.
    Is this a paid theme or did you customize
    it yourself? Anyway keep up the nice quality writing, it’s rare
    to see a nice blog like this one nowadays.

Leave a Reply

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Specify Twitter Consumer Key and Secret in Super Socializer > Social Login section in admin panel for Twitter Login to work

Your email address will not be published.