Thursday, April 25, 2024
Home > प्रबाशको कुरा > डम्बर बहादुरको परिवारलाई जापानबाट आर्थिक सहयोग

डम्बर बहादुरको परिवारलाई जापानबाट आर्थिक सहयोग

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

 2,716 total views,  3 views today

२९,अगस्ट /पुरूषोत्तम लामिछाने, ओसाका यही अगस्ट ८ तारिक डिप्रेशन तथा हृदयघातका कारण जापानको कोबेमा निधन हुनु भएका गोर्खाका २६ वर्षिय नेपाली विद्यार्थी डम्बर बहादुर गुरुङको परिवारलाइ जापानमा रहेका बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुले संकलन गरेको ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन नगद सहयोग गरिएको छ ।
 
जापानमा रहेका संस्थाहरु चितवन समाज जापानले संकलन गरेको १ लाख २० हजार एन,गल्कोट समाज जापानले संकलन गरेको १ लाख १४ हजार २ सय एन,गैरे सेवा समाज जापानले संकलन गरेको ७७ हजार एन,एन आर एन ए जापान बाट प्राप्त ३० हजार एन ,एन आर एन कान्साइबाट प्राप्त ३० हजार एन,स्टार ग्रुप जापानले संकलन गरेको २६ हजार एन,जन संपर्क समिती जापानबाट प्राप्त २५ हजार ५ सय एन,बिहुकोट समाज कान्साइले संकलन गरेको २० हजार एन तथा अन्य ब्यक्ती तथा संघ संस्थाबाट प्राप्त ३ लाख २५ हजार ७ सय १३ एन गरी जम्मा संकलन भएको ७ लाख ६८ हजार ४ सय १३ एन मध्य मृतक गुरुङको अन्त्यस्टिको लागि लागेको खर्च १ लाख ८० हजार कटाएर बचत भएको रकम ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन, एन आर एन कान्साइ मार्फत परीवारको खातामा अगस्ट २८ तारिक नेपाल पठाइएको एन आर एन कान्साइका उपसंयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो ।
 
गुरुङको अगस्ट ८ तारिक मंगलवार बिहान निधन भएको थियो । आफ्नै कोठामा सुतीरहेको अबस्तामा बिरामी परेका गुरुङलाई अस्पातल लगे लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिय। उनको डिप्रेशन तथा हृदयघातका कारण निधन भएको आस्पतालको पोस्टमाटम रिपोर्ट बाट खुल्न आएको बताएकको छ । गुरुङको अन्तिम संस्कार अगस्ट ११ तारिक कोबेमा गरिएको थियो । यस दु:खद घडीमा सहयोग गर्नुहुने सन्पूर्ण ब्यक्ती तथा संस्था हरुलाई एन आर एन कान्साइका संयोजक भुमिराज दवाडी तथा एन आर एन कान्साइले अभार प्रकट गरेको छ ।

Comments

comments