Friday, April 24, 2026
Home > गल्कोटको कुरा > प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्ष २०१९ को उपलक्षमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरेर बिगत जस्तै डिसेम्बर ३० को सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय भएको कार्यक्रम मूल आयोजक समिती सयोजक भवानी पन्तले बताउनु भयो ।

बिगत २००६ साल देखि जापानमा सक्रिय NPO法人गल्कोट समाज जापान गल्कोट क्षेत्रदेखि जापान आएका सम्पूर्ण गल्कोटेहरु को साझा सस्था हो ।

बिगतका बर्षहरुमापनि हरेक बर्ष बिबिध उदेश्यले कार्यक्रम गर्दै आइ रहेको गल्कोट समाज जापानले यो बर्ष गल्कोट क्षेत्रमा शिक्षा स्वास्थ र खेलकुदक्षेत्रमा टेवा पुराउने उदेश्यले यो बर्षको कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिनु भयो । खत्रीका अनुसार बिगतका बर्ष जस्तै यो बर्षपनि गल्कोट समाज जापानको बिशुद्ध परोपकारिक कार्यमा जापान बासि नेपालीहरुको अपार मायाँ पाउने र अन्य संघ सस्थालाइ पनि सो मितिमा कार्यक्रम नजुधाई आपसी भाइचारालाइ अझ बलियो बनाउन सहयोग गर्नु हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

अग्रेजी नयाँ बर्षको कार्यक्रम सफल बनाउनको लागि बिभिन्न उपसमितिहरु समेत गरि सकेको समेत जानकारी गराउनु भयो ।

Comments

comments