Sunday, April 28, 2024
Home > गल्कोटको कुरा > प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 80
  •  
  •  
  •  
  •  
    80
    Shares

 7,095 total views,  3 views today

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्ष २०१९ को उपलक्षमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरेर बिगत जस्तै डिसेम्बर ३० को सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय भएको कार्यक्रम मूल आयोजक समिती सयोजक भवानी पन्तले बताउनु भयो ।

बिगत २००६ साल देखि जापानमा सक्रिय NPO法人गल्कोट समाज जापान गल्कोट क्षेत्रदेखि जापान आएका सम्पूर्ण गल्कोटेहरु को साझा सस्था हो ।

बिगतका बर्षहरुमापनि हरेक बर्ष बिबिध उदेश्यले कार्यक्रम गर्दै आइ रहेको गल्कोट समाज जापानले यो बर्ष गल्कोट क्षेत्रमा शिक्षा स्वास्थ र खेलकुदक्षेत्रमा टेवा पुराउने उदेश्यले यो बर्षको कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिनु भयो । खत्रीका अनुसार बिगतका बर्ष जस्तै यो बर्षपनि गल्कोट समाज जापानको बिशुद्ध परोपकारिक कार्यमा जापान बासि नेपालीहरुको अपार मायाँ पाउने र अन्य संघ सस्थालाइ पनि सो मितिमा कार्यक्रम नजुधाई आपसी भाइचारालाइ अझ बलियो बनाउन सहयोग गर्नु हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

अग्रेजी नयाँ बर्षको कार्यक्रम सफल बनाउनको लागि बिभिन्न उपसमितिहरु समेत गरि सकेको समेत जानकारी गराउनु भयो ।

Comments

comments