Thursday, March 28, 2024
Home > प्रबाशको कुरा > सामाजिक रुपमा हरपल सक्रिय गल्कोट समाज जापान

सामाजिक रुपमा हरपल सक्रिय गल्कोट समाज जापान

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

 2,221 total views,  3 views today

स्थापनाकाल देखिनै सामाजिक काममा आफुलाई जापानमा अग्र पंतिमा राख्न सफल गल्कोटेहरु को साझा सस्था गल्कोट समाज जापान देश काल परिस्थिति अनुसार बिभिन्न चरणमा बिभिन्न प्रकारले सामाजिक काममा सक्रिय रहीरहने सस्थाको रुपमा स्थापित छ जापान मा ।
यहि सेप्टेम्बर महिनामा मात्र गल्कोट समाज जापानले 3 महत्वपूर्ण काम गर्न सफल भएको छ ।
पछिल्लो चरणमा देश बाढीले रोइरहेको बेला गल्कोट समाज जापानले उदाहरणीयकाम गर्न सफल भयो । देशको तराइ भूभाग बाढी ले तहस नहस पारिरहदा गल्कोट समाज जापान बाट तत्काल राहत स्वरूप आफ्ना प्रतिनिधि सहित प्रभावित क्षेत्र रौतहटमा आफ्नो टोलि पठायो । यसले अत्यन्त प्रभावित क्षेत्रमा गइ राहत वितरण गर्न सफल भयो । भने राहत वितरण अबस्थामा देखेको त्यहाँको अबस्था बस्तुगत स्थितिलाइ मध्यनजर गर्दै त्यहाँ बालक बृद्ध र महिलामा देखिएको अत्याधिक स्वास्थ समस्यालाइ केहि भएपनि राहत दिने हेतुले रौतहटको मुशहर बस्तिमा मुख्य केन्द्र बनाइ निशुल्क स्वास्थ शिबिर सम्पन्न गर्यो जसमा काठमान्डौ बाट जनस्वास्थ बिशेषज्ञ तथा साहित्यकार समाजसेवी डाक्टर रबिन्द्र समिर संग समन्वय गर्दै करिब ९०० भन्दा बढी बिरामीलाई उपचार जाच तथा औषधि वितरण गर्न सफल भयो । ५ लाखको राहत वितरण करिब ७ लाख को औषधि वितरण गरेको समाजले अर्को महत्वपूर्ण काम यो संगै गर्न सफल भएको छ ।
भने अर्को कतारमा रोजगारको लागि गएका गल्कोट न.पा. ६ का गिरि ब. बिक बिगत ६ बर्ष देखि कोमामा उपचार गराई रहेको अबस्थामा परिवारको आग्रहमा उपचारको सहयोगको लागि आर्थिक सहयोग करिब ५लाख  नेपाली रुपया उठाईएर सहयोग गरेको छ । यी कामको लागि आर्थिक सहयोग अभियानको सयोजन सस्थाका उपाध्यक्ष भवानी पन्त ले पहल गर्नु भएको सस्थाको महा-सचिब सम्मर बस्नेत ले जानकारी दिनु भयो ।

Comments

comments