Friday, April 26, 2024
Home > गितसंगीत/भिडियो > “प्रचण्ड जिताउ”चुनाबी गितको चर्चा चुलिदै गएपछि बिष्णु खत्रीको युट्युब च्यान गरियो ह्याक(भिडियो)

“प्रचण्ड जिताउ”चुनाबी गितको चर्चा चुलिदै गएपछि बिष्णु खत्रीको युट्युब च्यान गरियो ह्याक(भिडियो)

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 70
  •  
  •  
  •  
  •  
    70
    Shares

 1,922 total views,  3 views today

लोक तथा दोहोरी गायक बिष्णु खत्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेपछि ह्याकरहले उनको व्यक्तिगत यूट्यूव च्यानल ह्याक गरिदिएका छन् ।

वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्दै बजारमा ल्याइएको सो गीत यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको ३ दिन बित्न नपाउँदै च्यानल नै ह्याक भएको गायक खत्रीले खबरडबलीलाई जानकारी दिए । वाम गठबन्धको समर्थनमा गीत गाएको भएर उनको च्यानल गठबन्धनका बिरोधिहरुले गुगल मार्फत बन्द गरेको खत्रीले बताए । ‘यहाँ सिर्जना माथि नै प्रतिबन्ध लगाउने काम भयो’, गायक खत्रीले भने, ‘मेरो लोकप्रिय दोहोरी गीत समेत त्यही च्यानलबाट सार्वजनिक भएका छन्, यसरी त मलाई बर्बाद गर्ने काम भइरहेछ’ । उनले आफ्नो च्यानल पुनः सक्रिय गराउन प्रहरीको सहायता लिन लागिएको समेत बताए ।

खत्रीको गीतले वाम गठबन्धनप्रति जनलहर बढ्दै गएपछि बिरोधिहरुले कलाकारको सिर्जनामाथि अंकुस लगाउन खोज्नु निन्दनीय भएको वाईसीएल नेपाल सास्कृतिक बिभागका नविन खड्काले बताए । च्यानल पुनः सक्रिय गराउन वाईसीएलले गायक खत्रीलाइृ सहयोग गर्ने उनले बताए ।

लोक गायक खत्रीका सथौँ गीत बजारमा चर्चित बनेका छन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशनमा अध्यक्षका प्रत्यासि थिए ।

Comments

comments