Thursday, April 25, 2024
Home > गल्कोटको कुरा > केपी ओली, प्रचण्ड सहित चित्र ब. के सीले गल्कोटको बृहत सभालाइ सम्बोधन गर्ने

केपी ओली, प्रचण्ड सहित चित्र ब. के सीले गल्कोटको बृहत सभालाइ सम्बोधन गर्ने

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 334
  •  
  •  
  •  
  •  
    334
    Shares

 2,174 total views,  3 views today

जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष बाग्लुंगको गल्कोट जाने भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ । 

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न आमसभाको आयोजना गरिएको हो । तीनै दल सम्मिलित चुनाव परिचालन जिल्ला संयोजन समितिको आयोजनामा हुने आमसभामा जनगायक जीवन शर्मा र विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुति रहने समितिका सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिए । आमसभाको प्रचारप्रसार र व्यवस्थापनको काम अघि बढेको उहाँको भनाइ छ । 

जिल्लाको मध्य क्षेत्र गलकोटमा हुने आमसभामा हजारौँको सहभागिता रहने जिल्लास्तरीय नेताहरुको दाबी छ । “आमसभालाई व्यवस्थित बनाउन तयारी अघि बढेको छ, प्रचारप्रसार गरिरहेका छौँ”, समितिका सदस्य गैरेले भने । 

नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको संयुक्त चुनावी प्रचार कार्यक्रमअन्तर्गत उहाँहरु बागलुङ आउन लागको हुन् । 

 जिल्लामा राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धन बनेकाले राजमोका अध्यक्ष केसी पनि आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो । 

प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसक्नुभएका ओली, दाहाल र केसी एकसाथ आमसभामा आउने खबरले नेता, कार्यकर्ता उत्साहित बनेका छन् । जिल्लामा तीनै दल गठबन्धन बनाएर आसन्न प्रतिनिधि र प्रदेशसभा चुनाव लड्दैछन् । 

प्रतिनिधि र प्रदेश गरी एक–एक क्षेत्र नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पाएका छन् भने राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ । 

 

Comments

comments