Friday, May 3, 2024
Home > प्रबाशको कुरा > नागोया स्टुडेन्ट यूनियनले हातापार्यो रनिंगकप, ज्वाला युवा क्लब चरौदी दोस्रो

नागोया स्टुडेन्ट यूनियनले हातापार्यो रनिंगकप, ज्वाला युवा क्लब चरौदी दोस्रो

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

 3,657 total views,  3 views today

चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको उपाधि स्टुडेन्ट युनियन नागायोले जितेको छ । गल्कोट स्पोर्टस क्लब टोकियोको आयोजनामा सम्पन्न भएको चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको युनियनले ज्वाला युथ क्लब चरौंदी नागायोलाई पराजित गर्दे उपाधि जित्न सफल भयो ।

१४ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले ३० मान येन सहित चाँदीको कप र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेता बनेको ज्वाला युथ क्लब चरौंदीले २० मान यन सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको भर्सटाईल खेलाडीको उपाधि बिमल बुढाथोकीले, बेस्ट डिफेन्सको उपाधि केशव केसी,स्पोर्टसमेनसीप अवार्ड मनोज केसी र प्रतियोगिताको उत्कृष्ट खेलाडी छवि थापालाइ दिइएको थियो ।

उक्त प्रतियोगितामा खेलसैगै गायक कुलेंद्र बिक र रिता केसीले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने दिव्या नेपाल र गिट्सन नेपालले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा अध्यक्ष रत्नसिंह बस्नेत सभापती खेलमा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा प्रमुख अतिथिका रुपमा रहेका थिए । सिल्भर कप को प्रायोजन सस्थाका सल्लाहकार चन्द्र खत्रीले गर्नु भएको थियो ।

Comments

comments