Wednesday, April 24, 2024
Home > गल्कोटको कुरा > गल्कोट एक परिचय

गल्कोट एक परिचय

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

 5,536 total views,  3 views today

प्राकिर्तिक रुपमा सुन्दर हरियाली डाँडाकाँडाले गोलाकार दरम र गौंदी खोलाले सिंचित खाधान्न उत्पादनमा आत्मनिर्भर समसितोष हाबापानी, तामा, फलाम, सिसा, स्लेट ढुंगा आदि २२ खानीले प्रसिद्ध विभिन्न जात-जति तथा जनजातिहरुको बसोबास भएको कृषि, पशुपालन, व्यापार, स्वदेश तथा बैदेशिक रोजगारमा संलग्न व्यक्तिहरु भएको १६गा.बि. स.को संयुक्त नाम हो गल्कोट |

बि.स. १६३१ मा पर्बत राज्य बाट जितारी बम मल्ल गल्कोट आएपछि सर्वप्रथम वर्तमान हटिया गा.बि. स. वडा नं: ३ पूर्णकोट बाट बसोबाश गरेको कुरा त्यहाका भनाइ बिशेषको अद्ध्यन बाट थाहा हुन्छ | सो ठाउँ किल्लाको लागि उपुक्त नभएकाले वर्तमान हटिया गा.बि. स. वडा नं: ५ मा अबस्थित गोलो टोपी आकारको टाकुरामा गइ कोत्घर तथा दरबार बनाई बसोबास गरेका थिए | यसरी क्षेत्रको नाम “गोलकोत” रहेको थियो तर गोलकोत शब्द अपभर्म्सा हुदै गोलकोट भई हाल गल्कोट भन्न थालिएको हो |

गल्कोट क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ | यस क्षेत्र अन्तर्गत गल्कोट को कोटको फेदीमा रहेको छहरे खोलाको सह्तर धारा घुम्टेको सिखर र टेउवा,गाईघाटको झरना, मोतीमारेको दह, गाजाको दह, उपल्लो रिघाको चौर, काडेबास गा.बि. स. अन्तर्गत थालेपोखारा उच्कको थुम्को, पाण्डवखानीको घाटूनाच, हरीचौरको दरबार, हटियाको लाखेनाच, तारा, हिल, अर्गल तथा अमरभूमि गा.बि. स. मा मनाइने भुस पोल्ने र सिस्नो खोस्ने मेलाको साथै राडीपाखी, डाली, सुप्पा, नाली ,नेपाली कागज आदि को संरक्षण गरि आन्तरिक एवम बाह्य पर्यटको बिकाश गर्न सक्ने देखिन्छ |

राजनैतिक रुपमा बाग्लुंग जिल्लामा ३ वटा निर्बाचन क्षेत्र १३ इलाका, ५९ गा.बि. स. र १ नगरपालिका रहेका छन् | ३ ओटा निर्बाचन क्षेत्रको संयोजन बनेको छ गल्कोट | क्षेत्र नं: १ अन्तर्गत तारा, हिल, अर्गल, अमरभूमि, हरिचौर, नरेठाँठी,दुदिलाभाटि रहेका छन् भने क्षेत्र नं: २ मा हटिया, काडेबाश, सुखौरा र सल्यान छन् |तेस्तै क्षेत्र नं: ३ मा रिघा, पान्डवखानी, सिसाखानी पर्दछन् | जिल्लाका प्रमुख ब्यापारिक स्थानहरुमध्ये हटिया र हरिचौर गल्कोट क्षेत्रमा नै पर्दछन् | दरम र गौदी दुई मुख्य खोलाहरुले सिंचित बेसीको भुमि गल्कोटको मुख्य सदरमुकाम बाग्लुंग बजार बाट करिब ९ कोस पश्चिममा पर्ने प्रमुख क्षेत्र गल्कोट(पुरानो सदरमुकाम रहेको ठाउँ) हो | गल्कोट क्षेत्रमा नरेठाँठी,दुदिलाभाटि,हटिया,अमरभूमि,हरिचौर,मल्म,हिल, तारा, पान्डवखानी, काडेबाश, सुखौरा र सल्यान , सिसाखानी, दगातुन्डाडा गरि १६ वटा गा. बि. स. हरु पर्दछन् | गल्कोटको एतिहसिक पृष्ठभुमिलाई हेर्दा राजा आनन्द बम मल्लको समय(बि.सं १६३१) देखि राजा जगत बम मल्लको समय(बि.सं १८८४ ) सम्म स्वतन्त्र राज्यका रुपमा रहेको पाइन्छ | बाग्लुंग जिल्लाकै सबैभन्दा अग्लो १०,३९३ फीट उचाई भएको घुम्टे पहाड गल्कोटको सोभा हो गल्कोटको शिर हो | भने त्यसको टुप्पोबाट हेर्दा गल्कोटको चारैतिरबाट पहाडले घेरेको बीच भागमा समथल टार, भिराला पाटा(बारी ) र अन्य पहाडहरुका साथै ठाडाखोला, झरना र भिर पहराले सजिएको चित्राकर्षक प्राकृतिक दृश्यहरु भएको कचौरा जस्तो उपत्यका देखिन्छ |बाग्लुंगबाट गल्कोट हुदै ढोरपाटन पुगिन्छ | अहीले कच्चि ग्रामिण सडकको केन्द्रको रुपमा गल्कोट रहदै आएको छ | गल्कोटको केन्द्र भनेको हटिया र हरिचौर मानिएका छन् | बजार र सुबिधाको दृष्टिकोणबाट यी दुवै स्थानहरु महत्वपुर्ण छन्| गल्कोटमा उच्च शिक्षा प्रदान गर्ने एकमात्र गल्कोट बहुमुखी क्याम्पस रहेको छ |उच्च मा. बि. मा गल्कोट उच्च मा.बि. हटिया, जनजागृति उच्च मा. बि. काँडेबाश, महेन्द्र उच्च मा.बि. नरेठाँटि, अमर झांक्रिस्थान उच्च मा. बि. चौराह दुदिलाभाटी, सरस्वती उच्च मा.बि. दुदिलाभाटी, हरि उच्च मा.बि. इदी हिल, नेपाल उच्च मा.बि. तारा, पृथिवी उच्च मा.बि. हरिचौर रहेका छन्| स्वास्थय उपचारका लागि स्वास्थय केन्द्र हरिचौर मा छ भने ग्रामिण स्वास्थय चौकी सबै गा.बि.स.मा रहेका छन्| आजसम्म पनि गल्कोटलाई लाहुरे र विदेशमा जागिर गर्नेहरु रहने महँगो ठाउँको रुपमा चिन्ने र चिनाउने गरिन्छ | तर गल्कोटको वास्तविक प्रकृति र सम्भावना यस भन्दा निकै भिन्न छ |

यस क्षेत्रमा उपलब्ध प्राकृतिक सम्पदा र मानविय स्रोत र साधनको प्रयोग र प्रचारप्रसार हुन सकेको छैन | यीनिहरुलाई ब्यवस्थित गरि अधिकतम परिचालान गर्न सक्ने हो भने गल्कोटको चिनारी दिने अरु नया आधार र प्रतिकहरु बन्न सक्दछन् | यसबाट गल्कोटको समग्र विकासका लागि प्रसस्त सम्भावना छन् र यसतर्फ अझै गल्कोट बासीहरुको धयान पुग्न सकेको छैन | भोलिकालागी समेत कुनै ठोस योजना रहेको छैन| यहा उल्लेख गरिएका सम्भावनाहरु गल्कोटको स्थलगत अबलोकन र गल्कोट बासीहरुको आफ्नो जीवन निर्वाह गर्न र गुणस्तर वृद्धि गर्न उपयोग गर्दै आएको ज्ञान र स्रोतमा आधारित छ |

विकाशका पूर्वाधारहरु

आधुनिक विकाशका मुख्य तिनवटा पूर्वाधारहरु देखीयका छन् | तिनीहरु प्राकृतिक स्रोत, मानविय स्रोत, र चल पुजी हुन् | प्राकृतिक स्रोत अन्तर्गत प्रकृतिमा पाईने जमिन, वन, पानी, खानी र खनिज पदार्थ लगाएतका वस्तुहरु पर्दछन् | मानविय स्रोत अन्तर्गत प्राकृतिक वस्तुहरुलाई अन्य कुनै औजार वा उपकरणको सहायताले उपयोगमा ल्याई उत्पादन गर्न सक्ने सिपमुलक जनसक्ति पर्दछ | प्राकृतिक स्रोत र प्रविधि उपकरण खरिद गर्न सक्ने साधान पूजी हो | यी तिनवटा वस्तुहरुको संयोजन बाट उत्पदान हुन्छ | यसरी उत्पदान बाट मानव जीवनको गुणस्तर वृद्धि गर्ने प्रयास गरिन्छ | संसारभरका समाजहरुमा उत्पादन प्रणाली लाई तिन कुराहरुमा निर्धारण गरेको हुन्छन |
गल्कोट क्षेत्रको विकासका लागि चलपुंजी र प्राकृतिक स्रोत प्रसस्त छन | यसको परिचालनको लागि सीपयुक्त जनसक्ति र प्रविधिको व्यवस्था र परिचालन गर्नु गल्कोटको सम्भावना भित्रको चुनौती हो | यसका लागि गल्कोट मा नै प्राविधिक जनसक्ति तयार गर्नु पर्दछ | मानविय स्रोतलाई उपलब्ध स्रोतहरुको उपयोग गरि आफ्नो व्यवसाय संचालन गर्न आत्मजागरण तालिमको व्यवस्था गर्नु पर्दछ |स्वदेशको व्यवसाय अत्यन्तै सानो भएपनि आत्मनिर्भर हुन्छ भन्ने धारणाको विकाश गर्नु आवस्यक छ |

गल्कोट क्षेत्रमा उपलब्ध स्रोतहरु र तिनीहरुको परिचालनको सम्भावना:

१ भौगोलिक बनावटका हिसाबले गल्कोट क्षेत्रको बनावट पहाड अन्तर्गत पर्दछ | पूर्ण पहाडी क्षेत्र भएर पनि यसको संरचना लेक र बेसी मिलेर बनेको छ | माथिल्लो भागलाई लेक भनिन्छ | यो हावापानीको हिसावमा केहि कम तापक्रम हुने र हिउदमा धेरै चिसो हुन्छ र कहीलेकाइ हिउ पनि पर्दछ | तापक्रम केहि बडी भएको जमिन खेत र खोलाको तिर नजिक पर्ने तल्लो भागलाई बेसी भनिन्छ | यस क्षेत्रमा तुलानात्मक रुपले बढी उब्जनी हुन्छ र बालि केहि छिटो पाक्ने हुदा बर्षमा तीन पटक बालि लगाउन सकिन्छ | यी दुवै क्षेत्र को प्राकृतिक बनावट पनि भिन्न छ |यिनीहरुलाई यसरी चर्चा गर्न सकिन्छ |

क) पशुपालन: गल्कोट क्षेत्रको भुमि कृषिमा अत्यन्तै उर्वर छ | गौदी र दरम खोलाले सिचाई गर्ने अधिकाम्स क्षेत्र मा बर्षको तीनपटक कृषिजन्य वस्तु उत्पादन हुन्छ |गल्कोट क्षेत्रको लेक संग वन क्षेत्र जोडिएको हुदा पशुपालनको अत्यधिक सम्भावना छ | गाइ, भैसी, बाख्रापालन लाई प्राथामीकता दिएर व्यवसाय गर्ने हो भने हरेक किसानको कृषि उत्पादन बढ्नुको साथै दुध र मासुबाट राम्रो अम्दानी गर्न सक्छन |बाख्रापालन बाट पनि कृषकले उचित आम्दानी गर्न सक्छन |

ख) स्लेट खानी: सयौ बर्ष देखि बाग्लुंगमा प्रसिद्ध गल्कोट को स्लेट (ढुंगा ) खानी अहीले पनि व्यस्थित हुन सकेको छैन | घरगोठ छाउन प्रयोग हुने स्लेट आजकल सहरमा मार्बलको रुपमा प्रयोग हुन थालेको छ | पहिले पहिले स्लेट उपलव्ध गराउदै आएको गल्कोट हरिचौर र गा.वि. स. मा पर्ने स्लेट खानी अहीले पनि निरन्तर छ |

ग) फलामखानी , सिसाखानी र अन्य खानी: समय समयमा हामीले सुन्ने गरिन्छ, हाम्रा पुर्खाहरु गल्कोट क्षेत्रका विभिन्न ठाउहरुमा विभिन्न खानीहरु खनेर धातुहरु उत्पादन गरेका थिए | त्यसैले कुनै सिसाखानी त कुनै पाण्डबखानीको नामबाट चिनिने भए| यसकारण बिगतमा खनिएका यस्ता खानीहरूको खोज गरि खनिज वस्तुको खानी विकाश गर्नु हामी सबै गल्कोटबासीहरुको खुसि को कुरा हो | आफु संगै भएको स्रोत खोजि नगरी हामी अरुको स्रोत अत्यन्तै महँगोमा खरिद गरिरहेको अवस्थामा छ |यसका लागि गल्कोट बासीकै पहल आवस्यक छ |
घ) जडिबुटी गल्कोट क्षेत्रको सबै गा.वि.स. हरुको माथिल्लो भाग(लेक) वनसंग जोडिएको छ | हरेक वनमा कुनै न कुनै जडिबुटी उपलब्ध छ | गल्कोटको घुम्टे पहाड चद्नाको लागि मात्र नभई विभिन्न किसिमका जडिबुटी संकलनका लागि पनि महत्वपुर्ण मानिदै आएको छ | यसलाई आधुनिक प्रविधिको सहायताले प्रसोधन गर्न सक्ने हो भने आयुर्वेदिक औषधि निर्माणका साथै गल्कोटको राम्रो आम्दानी को स्रोत बन्न सक्दछ| अहीले केही गैरसरकारी सस्था यस किसिमको जडिबुटी व्यवस्थापनमा लागेका छन् |

ङ) फलफुल खेति: मौसमको हिसाबमा सबै किसिमको हावापानी पाईने भएकाले गल्कोट क्षेत्रमा भिन्न भिन्न लेक तर्फ स्याउ फल्न सक्दछ भने बीचमा सुन्तला,नासपाती, आरु, पलम, कागती, भोगटे जस्ता उत्पादन भएको छ | बेसी तर्फ नासपाती,अम्बा, रुख कटर, भुई कटर , सुन्तला, आप , लीची उत्पादन हुने गरेको छ | पानी प्रसस्त भएको क्षेत्र भएकाले फलफुल व्यवसाय फ्स्टाउन सक्दछ |

च) जलविधुत: गल्कोट क्षेत्रका अधिकाम्स गा.वि.स. को गाउमा साना ठुला खोलाहरु छन् | तिनै खोलाबाट साना जलबिधुत परियोजनाहरुको विकाश गरिएको छ | कतिपय गाउहरुमा पानी मिलबाट विधुत निकालीएको छ | दरम र गौदी खोलाबाट विधुत निकाल्ने हो भने केंन्द्रिय लाइनमा योगदान गर्न सकिन्छ| गल्कोट को सबै क्षेत्रको पानीको उपयोगी योजना बनाउने हो भने यसबाट गल्कोट क्षेत्रलाई ठुलो आम्दानी हुन्छ | वास्तवमा दरम खोलको उपयोग लगाएत यसको सिर देखि पुछार सम्म कही कतै खेर नगई उपयोग भए यो खोला देशको नमुना हुन सक्छ |

छ) पर्यटन व्यवसाय: गाजाको धुरी, निलुवा हुदै गल्कोट जाने र गल्कोटको घुम्टे लगाएत पहाडी क्षेत्रहरु पर्यटकिय हिसाबले महत्पूर्ण छन् | (Rock Climbing) पहाड चढ्ने,(paragliding) अग्लो ठाउं बाट पखेटा जस्तो साधनको सहयोग मा उड्ने जस्ता आकर्षक खेलहरुको लागि निकै उपयुक्त गल्कोटमा ट्रेकिंग रूटको व्यवस्थापन गरि पर्यटन व्यवसाय संचालन गर्न सकिन्छ| बाग्लुंग, बुर्तिबांग, ढोरपाटन लाई म्याग्दी, रुकुम, रोल्पाको गन्तव्य लाई केन्द्रित गरि पर्यटकीय केन्द्र समेत बनाउन सकिन्छ | यसैगरी बाग्लुंग जिल्लाको पश्चिममा पर्ने गल्कोट भित्रका केही विषय वस्तुलाई चित्रण गर्नुभन्दा पूर्व गल्कोट लाई चिनाउनु सान्दर्भिक देखिन्छ | ऐतिहासिक सन्दर्भमा गल्कोट भन्नाले पूर्वमा बिहुको काढेखोला पश्चिममा पण्डखानी को कव्रखोला , उत्तरमा म्याग्दी सम्मको देउराली र दचिद्मा गुल्मी मुसिकोटको निबुवा खोला बुजीन्थियो | भने अहीले गल्कोट भन्दा हरिचौर, हिल, तारा, अर्गल, अमरभूमि,नरेठाँटि, दुदिलाभाटी, हटिया , मल्म , काँडेबाश, रिघा, पाण्डबखानी, सिसाखानी, दगातुन्डाँडा , सुखौरा, सल्यान गा . वि. स . लाई बुजिन्छ ।

Comments

comments