Monday, March 31, 2025
Home > गल्कोटको कुरा > गल्कोट नगरपालिकाले स्थलगत निरिक्षण सहित बोलायो आकस्मिक बैठक

गल्कोट नगरपालिकाले स्थलगत निरिक्षण सहित बोलायो आकस्मिक बैठक

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

 5,311 total views,  6 views today

गुमानसिंह भण्डारी / गल्कोट बाग्लुंग : गलकोटमा आइतबार आएको भिषण वर्षाका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै गल्कोट नगर कार्यपालिकाको कार्यालयले आकस्मिक बैठक बोलाएको छ । क्षतिको पुर्ण विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन गर्न कार्यविभाजन गर्ने बताइएको छ ।

प्रदेशसभा सांसद मणिभन्द्र कँडेलको नेतृत्वमा दुदिलाभाटी स्थित थलिङ क्षेत्रको स्थलगत अवलोकन गर्ने, उपप्रमुख रेणुका काउचाको नेतृत्वमा भण्डारबन ज्यामिरे, गल्कोट नगरपालिका–१ का वडा अध्यक्ष नेत्र बुढाथोकीको नेतृत्वमा टोड्के क्षेत्रको क्षति बारे जानकारी लिने बताइएको छ । बाढीका कारण गल्कोट नगरपालिका संग जोड्ने र बागलुङ सदरमुकाम आउने मोटरबाटो अवरुद्ध भएका छन् । बाटो अवरुद्ध भएपछि कृषि उपजहरु आयात निर्यात गर्न एवं यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या भएको छ ।
बाढिले गौधिखोला आसपासका क्षेत्र जोखिमामा परेका छन् । गलकोट नगरपालिका वडा नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामग्री, टेका लगायत सामग्री बगाएको छ । गलकोट नगरपालिका वडा नम्बर २ मा पर्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतहसम्म बाढि आएको थियो । दुदिलाभाटीका कर्णबहादुर श्रीषको फार्ममा रहेका १६ वटा बंगुर बाढीले बगाएको छ । यस्तै गौदीखोला प्रथम र दोस्रो जलविद्युत परियोजनाको मुहानमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युतको पोल बगाउदा दुदिलाभाटीमा केन्द्रिय प्रशारण लाईन बन्द भएको स्थानीयबासीले बताएका छन् । विद्युत नभएपछि दैनिक कामकाज ठप्प भएको बताइएको छ । गल्कोट नगरपालिका–२ नरेठाँटीमा रहेको खानेपानी मुहानमा समेतमा क्षति पु¥याएको छ । गलकोट नगरपालिकाको दुदिलाभाटि, नरेठाटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित वर्षाहुँदा गलकोट नगरपालिकाको अन्य क्षेत्रमा आशिंक वर्षा भएको थियो ।

बाढी पछि निरिक्षण र देखिएको अबस्था


 

भिडियो हेर्नुहोस

Comments

comments