Friday, May 3, 2024
Home > फिचर पोष्ट > नेपालकै उत्कृष्ठ सामुदायीक बिधालयका प्रअ ‘प्रवल जनसेवा श्री’पदकद्धारा सम्मानित

नेपालकै उत्कृष्ठ सामुदायीक बिधालयका प्रअ ‘प्रवल जनसेवा श्री’पदकद्धारा सम्मानित

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 527
  •  
  •  
  •  
  •  
    527
    Shares

 5,309 total views,  12 views today

देशकै उत्कृष्ठ सामुदायी बिधालय कालिका मानव ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन ।आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच पाठक सम्मानित भएका हुन।

वि।सं। २०१७ साल साउन ६ गते बागलुङ ,गलकोट नगरपालिकाको चरौदीको गाउँमा जन्मिएका पाठकले एसएलसी वि.स.२०३५ सालमा बुटवलको तत्कालीन कालिका माविबाट गरेका थिए । स्नातकतह सम्मको अध्ययन पोखराको पृथ्वीनारायण क्याम्पसबाट गरेका पाठकले गलकोटको पृथ्वी मावि ,हरिचौरमा वि.सं. २०४७ देखि २०५५ सालसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए।

हाल पाठक बुटवल उपमहानगरपालिका १०, को चर्चित सामुदायिक विघालय कालिका मानव ज्ञान विघालयको प्रधानाध्यापकको नेतृत्व गरिरहेका छन । पाठकको नेतृत्वमा कालिका मानव ज्ञान विघालयले महत्त्वपूर्ण सफलताको शिखर चुमेको छ। गुणस्तरीय शिक्षा र व्यवहारिक अभ्यासको कारण यस विघालय शैक्षिक गन्तव्यको रूपमा विकास भएको छ।

देशकै उत्कृष्ठ बिधालयकाे नेतृत्व गरेका पाठक जहाँ जान्छन त्यहि उत्कृष्ठता प्रस्तुत गर्ने गर्दछन ।

Comments

comments