Monday, April 29, 2024
Home > गल्कोटको कुरा > गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ मा टोकियोमा हुदै ।

गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ मा टोकियोमा हुदै ।

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

 4,975 total views,  3 views today

गल्कोट समाज जापानको पाचौ कार्यकाल(२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा हुने भएको छ । यस अघि बसेको अन्तिम बैठकले अधिबेशन को मिति र स्थान तय गर्दै आगामी पाचौ अधिबेशनमा उपस्थित हुन् सम्पूर्ण गल्कोटे जापानबासि दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ ।

टोकियो सिनओकुबू स्थित टोकियो रोधी क्लबको पछाडी रहेको Laboratory Okubo Hall Earls Art Court (〒169-0072 Tokyo, Shinjuku, Okubo, 1 Chome−9−10) मा आगामी अधिबेशन हुने भएको छ ।

समाजका अध्यक्ष नर ब. थापाका अनुसार निबर्तमान अध्यक्ष हर्क थापाको सयोजकत्वमा निर्बाचन समिति बनिसकेको र अधिबेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मा निर्बाचन समितिमा गैसकेको बताउनु भएको छ । उक्त अधिबेशनको सम्पन्न गर्नको लागि बिधान अध्ययन समिति, अधिबेशन ब्यबस्थापन समिति समेत बनेको छ ।

“बिगत स्थापना कालदेखि सामाजिक काममा (नेपाल होस् या जापान) हरेक क्षेत्रमा अग्र स्थानमा आफ्नो सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना काल (२००६) देखि यहाँ सम्म आउदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारी NPO दर्ता गर्दै सामाजिक काममा सक्रिय रहीआएको छ, यसलाई अझ उचाईमा पुराउन अझ पछिको पुस्ताको उत्तिकै सक्रिय भूमिका र हात हुनेभएको ले बिभिन्न क्षेत्रमा जापानमा रही हाम्रो ब्यबसाय, कार्य, अध्ययन गर्दै आउनु भएका सम्पूर्ण गल्कोटे दाजुभाइ तथा दिदि बहिनिलाइ उक्त अधिबेशनमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु” अध्यक्ष थापाले भन्नुभयो ।

२००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुंगको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरु को साझा सस्था हो ।




Comments

comments