Saturday, May 4, 2024
Home > गल्कोटको कुरा > बिकल्प बिना कृषि सडक अबरुद्ध !

बिकल्प बिना कृषि सडक अबरुद्ध !

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

 3,968 total views,  3 views today

घनश्याम गौतम, चैत्र २२: गल्कोट नगरपालिका बाड नं ३ हटिया र गल्कोट नगरपालिका बाड नं ६ मजुवा जोड्ने गौदी खोला शिवालय घाटको मोटरेबल पुल निर्माण कार्य सञ्चालन भैरहेको छ, ।
नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले सो पुलको निमार्ण जिम्मा लिएको थियो । सो मोटरेबल पुलको अब सतहको सटिङ तथा ढलान गर्ने काम सुचारु गर्नकोलागी निर्माण सेबाले आवश्यक सामाग्रीको ब्यबस्थापन गरिरहेको छ ।

करिब १ महिना अगाडी खोलामा हिमपाईप राखेर सटिङको काम सञ्चाmन गर्ने तयारी गरेपनि निधारीत समयममै सटिङको काम सञ्चालन गर्न नसकिएको भन्दै हिमपाई निकालीएको छ । हिम पाईप निकाले सगैं उत्त सडक अबरुद्ध भएको छ । अबरुद्ध सडकको कुनै बैकल्पीक बाटो सञ्चालन भएको छैन् ।

अब खोला बग्ने क्षेत्रमा दुबैतर्फ जालि राखेर खोलाकोलागी ठुलो भाग छोडेर सटिङको काम सञ्चालन गरिने निर्माण सेबाका सञ्चालक कुमार खड्काले जनाकारि दिनुभयो । बर्षातमा खोला ठुलो हुने हुदा हिमपाईपमा खोला नअट्ने भएकोले जालिको ब्यबस्था गरेका हौं खड्काले भन्नुभयो । अब तिब्र गतिमा सटिङको काम सञ्चालन गछौं ।

कुल ३ करोड ७ लाख लागतमा २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुल निर्माणको काम गत २०७३ साल मसिर बाट सुरु भएको हो । यो नेपाल सरकार सडक निर्माण विभागले नयाँ ईन्जिनियरिङ अनुसार बनाउने नेपालको पहिलो पुल हो । पटक पटक म्याद थप गरिएको उत्त पुलको निर्माण आगामी असार भित्रै सम्पन्न गर्ने सञ्चालक खड्काको दाबी छ ।

Comments

comments