Sunday, April 28, 2024
Home > जापानका कुरा > गल्कोटे यी युवा जसले लिए १० गरिब बिधार्थी पढाऊने जिम्मा

गल्कोटे यी युवा जसले लिए १० गरिब बिधार्थी पढाऊने जिम्मा

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

 14,068 total views,  3 views today

गलकोट नगरपालिका वडा नं ४ खरुवाका भीम बहादुर क्षेत्रीले आफ्ना स्वर्गीय बुवा डम्मर बहादुर क्षेत्री र क्षेत्र कुमारी क्षेत्रीको स्मृतिमा १० विद्यार्थीलाई छात्रवृति दिने भएका छन् ।

गलकोट नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति र वार्षिक पढाई खर्च प्रदान गर्ने गर्ने भएका हुन ।

गलकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बल बहादुर खत्रीका अनुसार गलकोट नगरपालिका वडा नं ४ को पहलमा गलकोटका केही विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कक्षा १० सम्म पढ्नका लागि समस्या नहोस् भन्दै वडाको अनुरोधमा छात्रवृत्ति र पढाई खर्च खरुवा माध्यमिक विद्यालय र गलकोट नगरपालिकाको शिक्षा शाखाको रोहवरमा प्रदान गर्ने निर्णय गरेका हुन् ।

जस अन्तरगर्त गलकोट नगरपालिका वडा नं ४ खरुवा माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत पुस्पा सुनार र कक्षा ६मा अध्ययनरत सँस्कृति क्षेत्री, चमुवा आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं ४ कक्षा ५ मा अध्ययनरत हिरा शर्मा र कक्षा ८ मा अध्ययनरत गरिमा नेपालीले छात्रवृति पाउनेछ ।

त्यस्तै पार्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ६ कक्षा ९ मा अध्ययनरत रोशनी कँडेल, गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ३ कक्षा ६ सेक्सन ए माअध्ययनरत बसन्त कुमार कार्की, गोल्डेन फ्यूचर सेकेन्डरी बोर्डिङ स्क्ल कक्षा ३ मा अध्ययनरत आकाँक्षा मल्ल, पृथ्वी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ५ कक्षा ६ मा अध्ययनरत उडेस थापा, महेन्द्र माध्यमिक विद्यालय गलकोट नगरपालिका २ कक्षा ५ रोजिना नेपाली, सरस्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं १ कक्षा ६ मा अध्ययनरत विष्णु नेपालीलाई छात्रवृत्ति सहित हरेक वर्ष पढाई शुल्क बापत नगद १५ हजार रुपैयाँका दरले प्रदान गरिन वडा अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए ।

Comments

comments