Monday, April 29, 2024
Home > Main News > जापानमा साईकलमा सवार नेपाली चेलीको गाडिको ठक्कर बाट निधन

जापानमा साईकलमा सवार नेपाली चेलीको गाडिको ठक्कर बाट निधन

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 974
  •  
  •  
  •  
  •  
    974
    Shares

 15,539 total views,  3 views today

जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ ।

सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल ४ मा बिहे गरेर जापान आएका थिए ।

ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा योक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्को अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साईकललाई गाडीलाई ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

नेपालको नुवाकोट शिवपुरी गाउँपालिका घर भएका राम तामाङको श्रीमती ममता भने पर्सा जिल्लामा जन्मेकी हुन ।

ममताको मृत्यु भएपछि नागोया प्रहरीले कस्को गल्ती हो भन्ने वारे अनुसन्धान गरिरहेको परिवारले जानकारी दिएको छ ।

Comments

comments